देश

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज, सत्ता संकटबारे छलफल हुने

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन् ।

सत्तारुढ कांग्रेस–एमालेले सरकार सञ्चालनमा सहयोग गर्न १० सदस्यीय संयन्त्र गठन गरेको थियो । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य छन् ।

सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट पारित गर्न आवश्यक बहुमत नभएपछि सत्तापक्ष दबाबमा रहेको छ । यस विषयमा छलफल गर्न संयन्त्रको बैठक बस्न लागेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *