राजनीति

सभापति देउवाको भारत भ्रमण अचानक रद्द

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।

इण्डिया फाउण्डेसनले आयोजना गरेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए । तर, कार्यक्रम तय भए पनि स्थगित गर्नुपरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि इन्डिया फाउन्डेसनले नेपालका पूर्व प्रधानमन्त्री कुम्भ ग्लोबल समिट कार्यक्रममा आउँदै छन् भनेर प्रचारप्रसार गरेका थियो ।भ्रमण रद्द हुनुको कारणबारे खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *