काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकमा प्रमुख विषय भातृ संस्थाको महाधिवेशन गराउने तयारी र समन्वयको बारेमा छलफल हुनेछ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा बैठक भातृ संस्थाका महाधिवेशनको समन्वय र सहजीकरणका लागि बस्न लागेको हो। यस बैठकमा पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षहरूको पनि सहभागिता रहने काँग्रेसले जनाएको छ।
पार्टीले चैत मसान्त भित्र सबै भातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ, र यस विषयमा आजको बैठकमा छलफल हुने भनिएको छ।




