
काठमाडौँ।प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।
अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे प्रमुख दलका प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डाबारे छलफलका लागि सभामुखले प्रमुख सचेतकहरूलाई बोलाएका हुन्।
प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।