राजनीति

सरकारको ६ महिनाको अवधिमा राम्रा काम भएका छन् : सभापति देउवा

काठमाडौं । सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार राम्रो काम गरिरहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने,सरकारले राम्रो काम गरिरहेको छ । ६ महिना प्रयाप्त समय नभएपनि यस अवधिमा राम्रा काम भएका छन्,थप राम्रा काम हुँदै जानेपनि छन् ।

उनले संविधान संसोधन राजनीतिक दलहको सहमतिबाट गर्नुपर्नेमा समेत जोड दिए । लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताउँदै यसलाई नागरिकको जीवजसंग जोड्नुपर्ने उनले बताए । उनले नागरिकका सबै मौलिकहरु सुरक्षित गरिएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *