काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच सरकार गठनका विषयमा भएका साँत बुँदे सहमतिलाई कार्यान्वयमा ल्याउने घोषणा गरेका छन् । सरकारले शुक्रबार कानुन निर्माणका लागि बोलाएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सभापति देउवाले देशमा सुशासन कायम गर्नका लागि र सयौँ कानुन निर्माणका लागि सरकारले ल्याएको अध्यादेशले देश र जनताका हितमा काम गर्नु आफुले विश्वास लिएको बताए । जनताका हक अधिकारलाई स्थापित गर्न बहुदलमा आधारित भएर संविधान संशोधन गर्नुपर्ने बताए । लोकतन्त्रमा सुशासन कायम गर्न सरकारले भ्रष्ट्राचार नियन्त्रणमा विशेष ध्यान दिएको बताउँदै सभापति देउवाले भ्रष्ट्राचार नियन्त्रणमा सरकार थप निर्मम भएर लाग्न समेत सरकारलाई शुझाव दिए ।
सभापति देउवाले लोकतन्त्रको विकल्प नभएको बताउँदै लोकतन्त्रलाई सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गरे । कानुन निर्माणले गति लिन नसकिएको सुनेको बताए । कानुन निर्माणको थलो सदन भएकाले ढिलाइ गर्न नहुने उनको भनाइ छ । देउवाले संविधान संशोधनका विषयमा दलहरूबीच छलफल गरेर अघि बढ्नुपर्ने बताए ।




