काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न गठन गरेको कांग्रेस एमालेको सरकार आगामी २०८४ को निर्वाचनसम्म कोही कसैले ढाल्न खोजेपनि नढल्ने घोषणा गरेका छन् । सरकारले संघिय संसदमा शुक्रबार हिउँदे अधिवेशनका लागि बोलाईएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।
सत्ता प्रतिपक्ष दलहरुले सरकारले गरेका राम्रा कामको प्रशंशा गर्नुपर्ने बजारमा सरकार ढल्ने कुरा गरेर जनतालाई भ्रम नर्छन समेत प्रधानमन्त्री ओलीले सत्ताप्रतिपक्ष दल माओवादी केन्द्र लगायतका पार्टीहरुलाई आग्रह गरेका छन् ।
सरकारले अब फास्ट ट्रयाकको माध्यमबाट दर्जनौँ कानुन निर्माण गर्ने र संविधान संशोधनका विषयमा सरकारले आवश्यक महशुस गरेर संविधानमा आवश्यक संधोनमा प्राथमिकता दिने बताए । आवश्यक छलफल गरेर परिवर्तन गर्नुपर्ने आवश्यक बुँदाहरु औँल्याएर सरकारले संविधान संशोधन गर्ने बताए ।
यस्तै प्रधानमन्त्री ओलीले पार्टी फुटाउने खेलमा सरकार नरहेको बताए । पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा नरहेको उनले बताए । कांग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा नभएको प्रधानमन्त्रीले उल्लेख गरे ।




