देश

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु

काठमाडौँ । संघीय संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ ।सभामुख देवराज घिमिरेले बोलाएको बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा शुरु भएको सभामुखको सचिवालयले जानकारी दिएको हो ।

माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनका लागि सभामुख घिमिरेले सक्रियता बढाएका छन् ।यसअघि सभामुखले हिजो मात्र प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गरेका थिए ।

सो अघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *