राजनीति

प्रधानमन्त्रीद्धारा सत्तारुढ दलहरूको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि बैठक बोलाएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा संसदमा पेस, गरिने विद्येयक र सरकारका काम कारबाहीका बारेमा छलफल गर्ने बताइएको छ । यस्तै आजै सत्तारुढ दलको बैठक समेत बस्ने समय निर्धारण भइसकेको छ । सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *