राजनीति

संसद अधिवेशनबारे सक्रिय रुपमा छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशनको सन्दर्भमा विभिन्न बैठक राखेका छन् । यही माघ १८ गतेबाट हिउँदे अधिवेशन आव्हान हुने भएको छ ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बिहान ११ बजेदेखि सत्तापक्षका मुख्य र प्रमुख सचेतकसँग छलफल छ । प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँगको छलफल दिउँसो २ बजे तय गरिएको छ ।

त्यस्तै भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिएको छ । दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन सभामुखले संसदीय समितिका सभापतिसँग अलग(अलग संवाद गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *