देश

रविकाे बास काठमाडौं प्रहरी न्यायिक हिरासतमा ,सोमबार थुनछेक बहसमा अदालतमा हाजिर गराइने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख धरौटी तिरेर रिहा भएलगत्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयानका लागि काठमाडौं जिल्ला अदालतमा पुगेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर, काठमाडौंको प्रहरी न्यायिक हिरासतमा राखिने भएको छ । आइतबार लामिछानेमाथि थुनछेक बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो । रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखेर सोमबार पुनः थुनछेक बहसका लागि अदालतमा हाजिर गराउने तयारी रहेको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपाने आइतबार थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको बताए् । उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा दिनुपर्ने बताएका थिए । लामिछानेलाई पुनः सोमबार बिहान ११ बजेबाट थुनछेक बहसमा हाजिर गराइनेछ ।

पौष २५ गते कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछाने निकै फुर्तीका साथ मैदानमा उत्रिएका थिए , तर उनको मस्ष्कि भने हलुका थिएन् , अन्य चार जिल्लामा समेत सहकारी ठगी प्रकरणमा बयान दिनुपर्ने अवस्थामा थिए । यस अघिको प्रचण्ड नेतृत्वको सरकारको पालामा नै लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सो समयमा लामिछाने गृहमन्त्री भएकै कारण सो सरकारले छानबिन गरेको थिएन्।

तर नेपाली कांग्रेस नेकपा एमाले नेतृत्वको सरकारले सो मुद्धालाई अनुसन्धान गर्दै अगाडी बढाएको हो । देशमा देखा परेको सहकारीको समस्या समाधानका लागि सरकारले सहकारीको समस्या समाधानका लागि छानबिन समिति समेत गठन गरेर सबैको सहमतिमा निष्पक्ष छानबिनका लागि अनुसन्धान अगाडी बढाएको थियो । तर रास्वपा सभापति पक्राउ परेपछि उनका सर्मथक र रास्ववाको सिङ्गो टिमले नै सरकारको बिरोध गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *