राजनीति

राष्ट्रपतिसँग कानुनमन्त्रीसहित प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन मन्त्री र मुख्यसचिवसहित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रवार कानुनमन्त्री कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटासहित प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई शीतल निवास पुगेर भेटवार्ता गरेका हुन् । राष्ट्रपतिसँगको भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता विपक्ष राजनीतिक दलहरुले सरकारसमक्ष संसदको हिउँदे अधिवेशनको माग गरेका छन् । प्रधानमन्त्री ओलीलेृअध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरू त्रसित बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *