राजनीति

एकता दिवसमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश – जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको टिप्पणी गर्दै जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्ने बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

देशमा विभिन्न कारण अशान्तिको सन्देश फैलिरहेका बेला सबैले आत्मसमीक्षा गर्नुपर्ने बेलामा आएको उनले बताएका छन् । विश्वराजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल भएपनि देशलाई एकताबद्ध राख्न राजनीति दलहरुबीच एकताको सन्देश प्रवाह हुनु आवश्यक रहेको उनको भनाइ छ ।

देशलाई प्रविधिको पथमा अगाडि बढाएर सबै देशवासीलाई सुखी र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उल्लेख गर्दै पूर्व राजा ज्ञानेन्द्रले विरता, स्वाधीनता र गौरवमय मौलिक मान्यता बहन गरेको देश नेपाल आजको विश्व व्यवस्थामा पछि परेकाले सबैले गम्भिर भएर सोच्न आवश्यक रहेको उल्लेख गरेका छन् । आम नागरिकको सुरक्षा, न्याय, गाँस, बास, कपास शिक्षा र रोजगारीको सुनिश्चितासहितको स्वतन्त्रलाई मात्रै हामी पूर्ण स्वतन्त्रता मान्न सकिदैन् । त्यसका लागि लोकतन्त्रलाई बलियो बनाउन आवश्यक छ । देशलाई आत्मनिर्भर सिपयुक्त जनशक्ति निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्छ उनले भने । पूर्व राजा ज्ञानेन्द्रले देशमा दिनप्रतिदिन भ्रष्ट्राचार , अनैतिकताका कारण नै पार्टीभित्र आन्तरिक तथा बाह्य द्वन्द्व फैलिएकाले यसको समाधानमा सबैले चासो राख्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसँग राजावादीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भेटवार्ता गरेका छन् । दुवै नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । सो भेटमा राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिए । राप्रपाले हरेक वर्ष पुस २७ गते मनाउँदै आएको पृथ्वी जयन्तीमा भोली सहभागी हुन उनले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटको फोटो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले लेखेका छन–, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो ।’

राप्रपाले पृथ्वी जयन्तीमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीसहित सबै शीर्ष नेताहरूलाई निमन्त्रण दिइसकेको छ भने । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेर लिङदेनले सो निम्तो दिएका हुन् । यस्तै राप्रपा अध्यक्ष कमल थापाले पनि आज बालुवाटार पुगेर प्रधानमन्त्री ओलीले भेट गरेका छ्न् । सो भेटमा अध्यक्ष थापाले देशमा भइरहेको समसामयिक राजनीतिक घटनाका बारेमा समेत छलफल गरेका छ्न् । सो भेटमा प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा दलहरुबीच असहमति भएका कारण लामो समय लाग्न सक्ने देखिएकाले आफूले सो े अभिव्यक्ति दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *