राजनीति

एमाले केन्द्रीय कमिटी बैठक समापन : ओलीको राजनीतिक र पोखरेलको सांगठानिक प्रतिवेदन पारित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दुई प्रतिवेदन पारित गर्दे समापन भएको छ । आइतबारदेखि सुरु भएको बैठक मंगलबार समापन भएको हो । सो बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेको छ ।

बैठकले माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने निर्णय समेत गरको छ । पार्टीभित्र देखिएको विरोध र जनतासामु फैलाइएका भ्रम चिर्नका लागि एमालेले सो निर्णय गरेको हो । बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीनरतीन मिनेट धारणा राखेका थिए । बैठकको समापन गर्दै अध्यक्ष ओलीले पार्टीमा कुनै गुट र विचारधारा नभएको प्रष्ट पारेका छन् । यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको बैठकमा मात्र आफ्ना कुराहरु राख्न समेत आग्रह गरेका छन् ।

बैठक समापन गर्दै अध्यक्ष ओलीले नेताहरूले उठाएका विभिन्न प्रश्नको जवाफ समेत दिएका छन् ।
ओलीले दाने जग्गामा पार्टी कार्यालय भवन बनाउनेमा कुनै दुई मत नभएको बताएका छन् । अध्यक्ष ओलीले पार्टीको अनुशासनमा बस्न नसक्नेमाथि गरेको कारबाही फिर्ता नगर्ने बताएका छन् । पार्टी हितविपरित बोल्ने र काम कारबाही गर्नेमाथि कारबाही नगर्दा पार्टीमा थप अराजकता र अशान्ति पैदा हुने भएकाले सो गतिविधि गर्नेमाथि कारबाही गरिएको स्पष्ट पारे ।

यस्तै अध्यक्ष ओलीले अध्यक्ष ओलीले नेताहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिदैँ अराजकतावादी तत्वले आफूविरुद्ध भ्रमपूर्ण प्रचारवाजी गरेको भन्दै आपत्ति जनाए। अध्यक्ष ओलीले आफूलाई बदनाम गर्न विरोधीहरुले नानाथरी हल्ला फैलाएको भन्दै आपत्ति जनाएका हुन् । यस्तै उनले पुष्टि गर्न नसकिने विना प्रमाणका हल्ला निकालेर समाजमा भ्रम नफैलाउन समेत सबैलाई आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *