राजनीति

सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता के-के भयो कुराकानी ?

काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन मंगलबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । दुई नेताबिच समसामयीयक राजनीतिबारे कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सभापति देउवालाई पौष २७ गते पृथ्वीनाराण शाहको जन्मजयन्तीकोे निम्तो दिन भेट गरेका हुन् । अध्यक्ष लिङदेनले सभापति देउवासँगको भेटपछि सामाजिक संजालमा एक पोष्ट सार्वजनिक गर्दै पृथ्वी नारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा महेन्द्र शालिक दरबारमार्गमा भेला हुन सबैलाई आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *