राजनीति

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सदस्य थानीबीच चर्काचर्की

काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाविरुद्ध समिति सदस्य हृदयराम थानी चर्को स्वरमा उत्रिएका छन् । सभापति खतिवडाले समितिले सबैका गरिरहेको र सबै प्रक्रियामा रहेको बताउँदै थानीलाई आवश्यक विषयमात्र आग्रह गरेपछि धानी सभापति खतिवडाविरुद्ध चर्को स्वरमा बोलेका थिए।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा विभिन्न एजेन्डाहरु तय गरिएका थिए । समितिको बैठकमा उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध परेको उजुरीका बारेमा थानीले प्रश्न उठाएका थिए । समितिले लामो सयमअघि परेको उजुरीमाथि छलफल गर्न लागेको थियो ।

थानीले अख्तियार विधेयक उपसमितिबाट काम सम्पन्न भएपति अघि नबढाइएको भन्दै झोँकिदैँ प्रश्नै प्रश्नका चाङ खडा गरेका थिए । सभापति खतिवडाले अगाडी नै समितिमा रहेका विषयहरुमाथि छलफल गरेर अगाडी बढाउने जवाफ दिएका थिए । तर आक्रोसित मुद्रामा उत्रिए धानीले प्रश्न खडा गरे । समितिको काम कारबाही सहि नभएको भन्दै थानीले समितिमाथि विभिन्न आरोप लगाए । सार्वजनिक बैठकमा थानीले असिष्टताका साथ जवाफ फर्काएका छन् । केही समयको विवादपछि खतिवडाले थानीलाई बोल्न समय उपलब्ध गराएपनि थानीले होस हराउँदै सभापति खतिवडालाई बोल्न आग्रह गरे ।
थानीले सभापति खतिवडाले आफ्नो संयोजकत्वमा रहेको उपसमितिले बुझाएको प्रतिवेदनपछि अख्तियार विधेयक आईसीयूमा पुर्‍याउन खोजेको आरोप लगाए ।

खतिवडाले भर्खरै उपसमितिले प्रतिवेदन बुझाएको भन्दै विधेयक अघि बढ्ने बताएका थिए । थानीले आफू पहिले समिति सभापति भइसकेको व्यक्ति भएको भन्दै सभापतिले बीचमा कुरा काटेकोमा आपत्ति जनाएका थिए । खतिवडाले सबैको सहमतिमा विधेयक अघि बढ्ने बताए । “सबैको सहमतिमा विधेयक अघि लैजाने हो तपाईं बोल्नुस्,” खतिवडाले भनेका थिए । सभापति खतिवडाले बारम्बार थानीलाई बोल्न आग्रह गर्दा समेत थानी नक्कली रुप देखाउदै नबोलेपछि सांसद ईश्वरी न्यौपानेलाई समय उपलब्ध गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *