
काठमाडौं । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदलको जिम्मेवारी तोकेको छ । केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको जिम्मेवारी दिइएको जानकारी दिएका छन् । जनमत पार्टीले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो सुचना दिएको हो ।
‘केन्द्रीय सचिवालय समितिको निर्णयनुसार जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच संवाद र सहकार्यको पहल गर्नको लागि दुई (२)सदस्य समिति गठन गरेको ब्यहोरा जानकारी गर्दछौँ‚’ विज्ञप् उल्लेख गरिएको छ । मधेस केन्द्रित दलहरुबीच विभिन्न विषयमा सहमति र आलोचना भइरहेको बेला सरकारले गरेका कमी कम्जोरीका विषयमा समेत छलफल गरी समाधान गर्न कार्यदल गठन गरेको हो ।
मधेश सरकारमा आन्तरिक तथा बाह्य द्वन्द्वका कारण मधेस सरकारमा राजनीति वृतमा आलोचना भएको छ । यस्तै सत्ता प्रतिपक्षहरुले सत्तापक्षले गरेको सकरात्मक कार्यको समेत प्रशंसा गर्न सकेका छैनन् ।
