काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता गरेर अघि बढ्ने बाटो खुलेको बताएका छन् । अध्यक्ष गौतमले बिहीबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एकताका लागि माधवसँग सहमति जुटेको बताए । एकता भएको दिन संचारमाध्यमहरुलाई जानकारी दिने उनको भनाइ छ ।
‘ अध्यक्ष गौतमका अनुसार एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग एकताका विषयमा समझदारी भइसकेको छ भने आन्तरिक केही कुरा बाँकी छन् । एकताका विषयको पत्रकारहरुको प्रश्नको जवाफ दिदैँ गौतमले माधव नेपालसँग छिट्टै एकता हुने सकेत गरे । एमालेको कारबाहीमा परेका नेता भीम रावलले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले ओलीको चर्को आलोचना गरे । सो विषयलाक्ष्ए लिएर गौतमलाई ओलीप्रतिको आलोचनाका विषयमा प्रश्न गर्दा आफुँले एकालेबाट राजीनामा दिइसकेकाले आफू ओलीसँग असन्तुष्ट नभएको संकेत गरे । तर एमालले उनलाई कारबाही गरेर पाटीबाट हटाइसकेको छ । उनले भीम रावलका विषयमा आफूलाई केही थाहा नभएको समेत उल्लेख गरे । एमालेको कारबाहीमा परेका गौतम एकिकृत समाजवादीका अध्यक्ष माधव कुमारसँग ठूलो जिम्मेवारीको अपेक्षा गरेर केही दिनदेखि माधवकुमार लगायतका नेताहरुलसँग भेटघााटमा व्यस्त छन्




