देश

शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्न आवश्यक छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई उच्च शिक्षा अध्ययनका लागि विदेशीहरुको गन्तव्य बनाउन सकिने प्रशस्तै सम्भावना रहेको बताएका छन्।

कांग्रेस शिक्षा नीति बहसलाई सम्बोधन गर्दै युवाहरुलाई स्वदेशमै रोक्ने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए। उनले कक्षा १२ पास हुनेबितिकै विद्यार्थीहरु विदेशीने डरलाग्दो समस्या देखिएको बताए।

उनले भने, ‘नेपाललाई विदेशी विद्यार्थीहरुका लागि उच्च शिक्षाको गन्तव्य बनाउने प्रशस्तै सम्भावना हुँदा हुँदै पनि यतैबाट नेपाली विद्यार्थीहरु बाहिरिनु सोचनिय बिषय हो। युवालाई स्वदेशमै रहने वातावरण मिलाउन शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्न आवश्यक छ।’

शिक्षा क्षेत्रको आवश्यक सुधारका लागि नीतिगत सुधार गर्न कांग्रेसले पहल गर्ने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *