राजनीति

कीर्तिपुरकाे मेयरमा कांग्रेसका डंगोलले झन बढाए मतान्तर

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता झन फराकिलो बन्दै गएको छ । आइतबार भएको उपनिर्वाचनको मत गणनाअन्तर्गत यहाँ नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै राखेको छ ।

पछिल्लो गणनाअनुसार, काँग्रेसका उम्मेदवार कृष्णमान डंगोल एक हजार ८९२ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५१४ छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवशरण महर्जन एक हजार १८८ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जन (केटाकेटी चुनाव चिह्न) ७३६ मतसहित चौथो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारी (कैंची चुनाव चिह्न) ६४२ मत ल्याएर पाँचौँ स्थानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *