
काठमाडौँ । देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ४५ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको हो ।
स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ ।निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ ।
मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।