
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ बिआरआई परियोजनामा ऋण नलिने बताएपछि पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्डले) प्रधानमन्त्ती ओलीमाथि लगाएको आरोप ‘चाइना कार्ड’
फिर्ता लिदैँ खुशी व्यक्त गरेका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई आफूले चाइना कार्ड खेल्न खोजेको भनेको होइन, राजनीतिका सवालमा जस्तो कार्ड खेल्ने काम नहोस् भनेको भन्दै प्रधानमन्त्री ओलीमाथि लगाएको ‘चाइना कार्ड’ अभिव्यक्ति फिर्ता लिएका हुन् ।
दुई साताअघि हिन्दुमा ‘प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको’ शीर्षकमा प्रचण्डको अन्तर्वार्ता प्रकाशित भएपछि प्रधानमन्त्रीले ओलीले प्रचण्डले दिएको उक्त अभिव्यक्तिमाथि प्रतिवाद गरेका थिए । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना स्वीकार्न नसकिने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक गरिएका हल्लामा सत्यता नभएको बताउँदै प्रधानमन्त्री ओलीले चीन र भारत दुबैदेशसँगको सम्बन्ध बलियो बनाउन चीन भ्रमण गर्न लागिएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्ने ध्ये आफुमा भएको बताए ।
प्रधानमन्त्री ओलीले बिआरआईका बारेमा नेकपा एमाले र नेपाली कांग्रेसबिच विवाद भनेर गरिएको प्रचारमा कोही पनि लाग्न नहुने स्पष्ट पारे । विश्व शान्ति र नेपालको हितमा बाहेक अरु कुनै निर्णय नगर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए । उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए। उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने आग्रह पनि गरे।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनेर दिएको अभिव्यक्ति सच्याएका छन् । आफ्नो चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा उनले अभिव्यक्ति सच्याएका हुन् ।
छलफलका क्रममा प्रचण्डले चर्चामा रहेको आफ्नो अन्तर्वाताबारे प्रष्टोक्ति पनि दिएका थिए । ‘उहाँले चाइना कार्ड खेल्न खोजेको भनेको होइन, राजनीतिका सवालमा जस्तो कार्ड खेल्ने काम नहोस् भनेको हो’, उनले आफ्नो अभिव्यक्ति सच्याउँदै प्रष्ट पारेका थिए । दुई साताअघि हिन्दुमा ‘प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको’ शीर्षकमा प्रचण्डको अन्तर्वार्ता प्रकाशित भएको थियो । ओलीले त्यसको प्रतिवाद गरेका थिए ।
प्रचण्डले कुन देश पहिला जाने भन्ने निर्णय नेपालका प्रधानमन्त्रीले लिने विषय भएको बताए । ‘मैले पहिला चीन भ्रमण गरेरमात्रै भ्रमण गर्ने परम्परा तोडें । पहिलो कहाँ जाने भन्ने नेपालको निर्णय हो’, प्रचण्डले भनेका छन् ।