काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज गर्न लागेको ‘जागरण सभा’
सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभालाई दिउँसो साढे एक बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्याली निकाल्ने छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ ।
एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ । सरकारले गरेका सकरात्मक कामलाई प्रतिपक्षले आफु सत्तामा आउन नकरात्मक काम ग¥यो भनेर जनतासामु भ्रम सिर्जना गरेपछि एमालेले सरकारले गरेका कामको पुष्टि गर्दै प्रतिपक्षले सत्तापक्षमाथि किन प्रहार गरिरहेको छ भन्ने विषयमा सभाले जनतासामु सन्देश प्रवाह गर्ने छ ।




