देश

सहकारी ठगी प्रकरण : बचतकर्ताको ८७ अर्ब हिनामिना, रवि , छवि र इच्छारामसहित ३२० जना प्रहरी खाेरमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी अहिले हिरासतमा छन् । करोडौँ रकम हिनामिना गर्नेहरुलाई अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले पक्राउ गरेर अनुसन्धान अगाडी बढाउन नसकेपछि कांग्रेस र एमालेको समिकरणमा बनेको प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकारले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको हो । सहकारी ठगी प्रकरण अनुसन्धानका लागि गठीत संसदीय छानबिन समितिले सहकारी ठगी सम्बन्धी निकालेको प्रतिवेदनका आधारमा रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित सहकारी ठगी गर्नेहरुलाई सरकारको निर्देशनमा प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको छ ।

ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी)ले सञ्चालन गरेको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, बुटबलको काठमाडौंको स्वर्णलक्ष्मी, पर्साको सानोपाइला र चितवनको साहारा सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको करोडौँ रकम हिनामिना गरेको आरोप रवि,जीवि र छविसहितका व्यक्तिहरुमाथि आरोप लागेको छ। छवि र रविमाथि अहिले सीआईबीले अनुसन्धान अगाडी बढाएको । अहिले उनीहरु हिरासतमा छन् भने जीबि राई फरार सुचीमा रहेका छन् । सबैभन्दा बढी रकम हिनामिना गर्नेमा जिबी राई, रवि लामिछाने र छविलाल जोशी रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

उनीहरुले सहकारीको रकम गोर्खा मिडिया अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमार्फत अपचलन गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । रवि ग्यालेक्सी टेलिभिजनको संचालकमा जीबि राई र जोशी थिए भने लामिछाने पूर्वप्रबन्ध निर्देशक थिए। उनीहरु तीनै जना सेयर होल्डर समेत हुन् । कार्तिक २ गते पक्राउ पक्रउ परेका लामिछानेलाई अनुसन्धानका लागि अहिलेसम्म चौथो पटक म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ । जोशी भने असोज ६ गते पक्राउ परेका हुन् ।

रवि पक्राउपरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरोधी नारा लगाउँदै रविको रिहाइमा प्रदर्शन गर्दै सहकारी पीडितलाई समेत आक्रमण गरे । रास्वपाले रविलाई जुन ठाउँमा बयानका लागि लगियो सोही ठाउँमा पुगेर आन्दोलन गर्दै आएको थियो । तर स्थानीय तहको उपनिर्वाचन नजिएिसँगै सहकारी पीडितको पक्षमा ऐकिवद्धता जनाउँदै विज्ञप्ती सार्वजनि गरेर स्थानीय तहको उपनिर्वाचनलाई प्रभाव पार्न आन्दोलनमा सहभागी नहुने जाएको छ । रास्वपाभित्र रविको विषयलाई लिएर आन्दोलन गर्ने वा नगर्ने भन्ने विषयमा दुई भागमा विभाजित भएपछि आन्दोलनमा जान रास्वापा हच्किएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणबाट अनुसन्धान थालिएका लामिछाने र जोशीलाई बुटलबको सुप्रिम सहकारीको रकम अपचनबारेसमेत अनुसन्धान भएको थियो । उनीहरु दुबै जनालाई पोखराबाट रुपन्देही पठाएर बयान गराइएको थियो ।

मंगलबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगीबारे अनुसन्धान गर्न जोशीलाई पोखराबाट काठमाडौं ल्याइएको छ । जोशीको बयान सकिएपछि रविलाई तुरुन्तै काठमाडौं ल्याउने प्रहरीले तयारी गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या ३२० रहेको छ ।

२०७८ असोजमा सिभिल सहकारी ठगी प्रकरणमा प्रहरीले सिभिल बैंकका पूर्वअध्यक्ष तथा एमालेबाट सविधानसभा सदस्य भएका इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । तामाङ अहिले पुर्पक्षका लागि थुनामै रहेका छन् । तामाङले सिभिल सहकारीका बचतकर्ताको पाँच अर्ब ८४ करोड ४१ लाख २१ हजार ७१२ रुपैयाँ अपचलन गरेको प्रहरीले पुष्टि गरेको छ । दुवै सहकारीका पाँचजना सञ्चालक अहिले पुर्पक्षका लागि थुनामै छन् ।

प्रहरीको तथ्यांकअनुसार उनीहरुबाहेक आर्थिक वर्ष २०७८–२०७९ मै उपत्यकाका १६ सहकारीका ३३ जनालाई पक्राउ गरेको थियो । उपत्यकाबाहेक कोसीका चार सहकारीको चारजना सञ्चालक, मधेसमा चार सहकारीका दुईजना सञ्चालक, वाग्मतीका दुई सहकारीका तीनजना सञ्चालक र गण्डकी प्रदेशको गोर्खास्थित आरम्भ सहकारीको रकम अपचलको आरोपमा प्रहरीले उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

सहकारी ठगी प्रकरणमैँ २०८० असारमा शिव शिखर सहकारीका सञ्चालक केदार शर्मा पक्राउ परे । शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले भारतको मुम्बैबाट पक्राउ गरेको थियो । शर्माले ललितपुर र भक्तपुरमा कार्यालय राखेर बचतकर्ताको ६ अर्ब रुपैयाँ ठगी गरेका थिए । अहिले पनि उनी थुनामैँ रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७९–२०८०मा सीआईबीले मात्रै पाँचवटा सहकारीका १६ जना सञ्चालकलाई पक्राउ गरेको थियो । यसबाहेक आर्थिक बर्षमा प्रहरीले उपत्यकाबाट मात्रै प्रहरीले ३३ सहकारी ठगी प्रकरणमा ४७ जनालाई पक्राउ गरेको थियो । यस्तै विभिन्न प्रदेशबाट सहकारी ठगी गर्ने १६६ जना प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरी तथ्यांकअनुसार उपत्यकाबाट आर्थिक वर्ष २०८०–८१ मा सीआईबीले विभिन्न सहकारीका ९२ जना र विभिन्न प्रदेशबाट थप २०७ जनालाई पक्राउ गरेको थियो । यो आर्थिक वर्ष देशभर २१ जना पक्राउ परको तथ्यांक प्रहरी प्रधान कार्यालयको तथ्याङमा उल्लेख गरिएको छ । कोही भने धरौटीमा छुटिसकेका छन् ।

सहकारी सम्बन्धि संसदीय छानबिन विशेष समितिले तयार पारेको ‘विशेष छानबिन प्रतिवेदन, २०८१’ ले दश वर्षमा २५८ सहकारीको रकम दुरुपयोग भएको र ६६९ जना पक्राउ परेको उल्लेख छ । प्रतिवेदनका अनुसार हालसम्म एक हजार ५ सय ४० जना फरारको सुचीमा रहेका छन् । छानबिन समितिले लाखौं बचतकर्ताको सहकारीमा रहेको ८७ अर्ब रुपैयाँभन्दा बढी रकम दुरुपयोग तथा हिनामिना भएको निष्कर्ष निकालेको छ ।

सुनौलो भविष्यका लागि दुःखले कमाएर सहकारीमा बचत गरेको रकम हिनामिना भएपछि सो रकम फिर्ताको मागसहित सहकारी पीडितहरु अहिले आफ्नो ज्यानको बाजी राखेर सडक आन्दोलनमा उर्तिएका छन् । सहकारी पीडितले देशभरीका विभिन्न सहकारीमा बचत गरेको रकम फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु भएसँगै सरकारले सहकारीमा हिनामिना भएको बचतकर्ताहरूको एकमुस्ट १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *