काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक हप्ता गृहजिल्ला डडेल्धुरा रहने भएका छन् । सभापति देउवा आज डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस डडेल्धुराका सभापती भिमवहादुर साउदले देउवाका अनुसार सभापति देउवा विभिन्न देवीदेउताको जात्रामा सहभागी हुन डडेल्धु्रा जाने भएका हुन् ।
चौलोले प्रख्यात बडाल जात, उग्रतारा मेला लगायतमा देउवा सहभागी हुने साउदले बताए
। जोगबुढा र आलितालमा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई समेत सभापति देउवाले सम्बोधन गर्ने भएका छन् । सभापती देउवा मंसिर २ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।





