राजनीति

उपसभामुख इन्दिरा रानामाथिको अनुसन्धान सीआईबीलाई दिने राज्य व्यवस्था तथा सुशासन समितिको तयारी

काठमाडौं । पदको दुरुपयोग गर्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासलाई भिसा र अन्तर्वाताका लागि समय मिलाईदिन लेखेको पत्र सार्वजनि भएपछि विवादमा परेकी उपसभामुख इन्दिरा रानामगरमाथि अनुसन्धान सीआइबीले गर्ने भएको छ । उपसभामुख रानामगरले काठमाडौंमा रहेको अमेरिकी दूतावासलाई भिसा समय उपलब्ध गराउन आग्रह गरेको पत्र पदको दुरुपयोग गरेको भन्दै बर्खास्तको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीका बारेमा अध्ययन गरेर समितिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो (सीआईबी) मा पठाउने तयारी गरेको हो।

उपसभामुख रानामगरले लेखेको पत्रका बारेमा उजुरी परेपछि समितिका सदस्यहरुद्धारा उजुरीमाथि अध्ययन भइरहेको छ । भक्तपुरका अर्जुन बास्कोटाले उपसभामुख रानाविरुद्ध पदको दुरुपयोग गरेकाले पदबाट बर्खास्त गर्न मागसहित समितिमा उजुरी दिएका थिए ।

राष्ट्रसंघीय कार्यक्रम ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं बैठकमा भाग लिन जान लागेकी उपसभामुख राना मगरले थप पाँचजनाको भिसा समय उपलब्ध गराइदिन आग्रह गर्दै अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । तर उनले शक्ति र सत्ताको सान देखाउन कै लागि दोषी भएर पनि आफुले उक्त पत्र नलेखेको अभिव्यक्ति दिएकी थिइन् । तर उक्त पत्रमा उनकै हस्ताक्षर रहेको छ ।

रास्वपाले उक्त विषयलाई सामान्य रुपमा लिदैँ वेवास्ता गरेको थियो । तर रास्वपाको कारबाहीमा परेका रास्वपा महामन्त्रि मुकुल ढकालले आफुसँग प्रमाण भएकाले उनीमाथि तत्काल कारबाही गर्नुपर्ने बताएका छन् । आवश्यक परे उपसभामुख रानासँग सम्बन्धित प्रमाण उपलब्ध गराउन तयार रहेको मुकुल ढकालले दावी गरेका छन् ।

उक्त पत्रका विषयमा सडकदेखि सदनसम्म हल्ला चलेपछि उपसभामुख रानामगरमाथि अहिले सर्वत्र आलोचना भएको छ । नेपाली कांग्रेस र नेकपा एमालले उनीमाथी अनुसन्धान गरेर कारबाही गर्न आवश्यक रहेकाले ढिलो गर्न नहुने बताएका छन् । पाँच जनाले अमेरिका जानका लागि उपसभामुख रानालाई रकम बुझाएर पनि अमेरिका जान नपाएको भन्दै पीडितहरुले समेत उपसभामुखको आलोचना गरेका छन् ।

उपसभामुखद्धारा सिफारिस गरिएको नाममा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गरेको अनुसन्धानमा कुनै पनि आफन्त नपरेको बताइएको छ । संसद् सचिवालयका तत्कालीन महासचिव भरत गौतम र उपसभामुखलाई सचिवालयले उपलब्ध गराएका निजी सचिवलाई पनि पहिले अनुरोध गरिएको र उनीहरुले समेत उक्त कार्यमा सहमति नजनाएपछि बाहिरबाट पत्र लेखिएको जानकारी आएको नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *