राजनीति

कार्यसम्पादन बैठक सारेर कांग्रेस नेताहरू भागबन्डामा जुटे

काठमाडौं । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक तीन घन्टा पर सारिएको छ । यसअघि शनिबार बोलाइएको बैठक आइतबारका लागि सारिएको थियो । आज पनि फेरि तीन घन्टाका लागि बैठक सारेर नेताहरू परामर्शमा जुटेका छन् ।

सत्तारुढ गठबन्धनमा कांग्रेसले १० सिट पाउने सहमति भएपछि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक पर धकेलेर नेताहरूसँग आन्तरिक परामर्श तीव्र बनाएका हुन् । आन्तरिक छलफलपछि कहाँ कसलाई उम्मेदवार बनाउने मोटामोटी सहमतिपछि आइतबार ४ बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ । सोही बैठकले सोमबार हुने राष्ट्रिय सभाको उम्मेदवार मनोनयनमा दर्ता गर्ने उम्मेदवारको नाम टुंगो लगाउने भएको छ ।

बालुवाटारमा गठबन्धनको बैठक सकिएलगत्तै कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा नेता शेखर कोइरालासहित छलफल भएको हो। छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखकलगायत थिए । कांग्रेस संस्थापनइतर समूहले कम्तीमा चार सिट आफूहरूले पाउनुपर्ने दाबी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *