राजनीति

एनसेल प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं। एनसेलको सेयर खरिदबिक्री भएको विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते दायर गरेकाे रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतले सो आदेश दिएका हुन् । सांसद सिंहले एनसेल सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका छन् ।

न्यायाधीश राउतले उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई पुस १६ गते छलफलमा बोलाउने आदेश दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *