काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत एशिया क्षेत्रको सेमिफाइनलका खेल आज हुदै छन् ।
सेमिफाइनलमा ओमान र बहराइन तथा युएई र नेपालले प्रतिष्पर्धा गर्दै छन् । ओमान र बहराइनबीचको खेल टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुदै छ भने युएई र नेपालबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि नै शुरु हुदै छ ।
आजको खेल जितेर फाइनलमा पुग्ने देशले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् ।
ओमानले समुह ए मा समुह विजेता हुदै सेमिफाइनलआमा आफ्न ओस्थान सुरक्षित गरेको हो । ओमान समुह ए का तिनै खेलमा ओमानले जित हासिल गरेर ६ अंकसहित सेमिफाइनलमा पुगेको हो । त्यस्तै बहराइनले भने समुह चरणमा केवल एक खेल जितेर पनि सेमिफाइनलको यात्रा तय गरेको छ । ३ खेलमा २ अंक हासिल गरेको बहराइनले सामना अंक भएका हङकङ र कुवेतलाई नेट रनरेटमा झिनो अन्तरले पछि पार्दै समुह उपविजेता बनेको थियो ।
त्यसैगरी युएईले समुह बी का तिनै खेलमा जित हासिल गरेर ६ अंकसहित समुह विजेता हुदै सेमिफाइनलमा स्थान बनाएको हो भने नेपाल समुह ए मा २ खेल जितेर ४ अंकसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।
नेपालको सम्भावित प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा/दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहोरा ।




