देश

एसइई दिएका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै गाउँपालिका

मान्म (कालीकोट) । यहाँको महावै गाउँपालिकाले एसइई दिएर बसेका विद्यार्थीलाई शैक्षिक परामर्श दिएको छ ।

उनीहरूको भविष्य मार्गदर्शन गर्ने किसिमको शैक्षिक परामर्श गाउँपालिकाले दिएको हो । एसइई दिएर बसेका विद्यार्थीले आगामी दिनमा कसरी अगाडि बढ्ने, कहाँ–के पढ्ने ? भन्नेबारे परामर्श दिएको गाउँपालिकाले जनाएको छ ।

एसइई दिएका विद्यार्थी, तिनका अभिभावक र शिक्षकलाई साथै राखेर परामर्श दिइएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। “बालबालिकालाई उचित मार्गदर्शन गर्नसके सही बाटो रोज्न सक्छन्”, उनले भने, “विद्यार्थी, शिक्षक र अभिभावक र सरोकारवालाबीच अनुभव साटासाट महत्त्वपूर्ण भएको छ ।”

बालबालिकाको रुचि, चाहना, भविष्यको लक्ष्य, उचित विकल्पबारे विद्यार्थीसँग छलफल गरिएको मनोविमर्शकर्ता खडानन्द चौलागाईले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *