काठमाडौं । आईसीसी विश्वकप क्वालिफायरअन्तर्गत एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोस्रो सफलता हात परेको छ । खेलको चौथो ओभरको पहिलो बलमा नेपाली बलर गुलशन झाले जोन्सन चार्लिजलाई आउट गरेका हुन् ।
चार ओभरमै दोस्रो विकेट गुमाएपछि वेस्टइन्डिज दबाबमा आएको छ । यसअघि नेपालका करन केसीले आउट गरेका थिए । पाँच ओभरको खेल सकिँदा वेस्टइन्डिजले ११ रन बनाएको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । जिम्बावेमा जारी प्रतियोगितामा नेपालले आजको खेलमा टिममा कुनै पनि परिवर्तन गरेको छैन। अमेरिकासँग खेलेको टिम नै मैदानमा उत्रिएको छ। चारपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको आजको खेल नेपाली क्रिकेट इतिहासकै हालसम्मको सबैभन्दा ठूलो खेल हो।




