काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट र कांग्रेस मिलेर गठबन्धन बनाइनु स्वभाविक रहेको टिप्पणी गरेका छन् ।
पाँच दलीय गठबन्धनले काठमाडौंमा गरेको वाग्मती प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले सत्ता गठबन्धनका सत्ताका लागि मात्रै नभएको दाबी गरे । उनले भने, ’गठबन्धन चुनाव जित्ने र सरकार बनाउनेमा मात्रै होइन ।’
अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनका कार्यकर्ताहरूमा पार्टीगत रूपमा पूर्वाग्रह रहेको र त्यसलाई अन्त्य गर्नुपर्ने समेत बताए ।




