रिबन

नेकपा एसले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८ वटा मापदण्ड तोकेको छ।

‘हामी भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउनेछौं। त्यसका निम्ति सचिवालयले उम्मेदवार छनौट मापदण्ड पनि बनाएको छ,’ समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गर्नुपर्नेछ। यस्तै जिल्ला कमिटीमा प्राप्त सिफारिसका आधारमा प्रदेश कमिटीमा १२ गतेभित्र सूची पठाउन समाजवादीले भनेको छ।

प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस पठाउनुपर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउने समाजवादीको सचिवालयको निर्णय छ।

[pdfjs-viewer attachment_id=260076 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/08/Press-note-2079-4-2.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/08/Press-note-2079-4-2.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *