काठमाडौं । संघीय संसदले पारित गरकेो नागरिकता विधेयक संसदमा फिर्ता पठाउने राष्ट्रपतिको निर्णयबारे मिश्रित प्रतिक्रिया सार्वजनिक भएको छ ।
विधेयक फिर्ता गरेसँगै सरकारमा रहेका दलका नेताहरुले राष्ट्रपतिको भूमिका राजनीतिक प्रकृतिको देखिएको टिप्पणी गरेका छन् । नेकपा एमालेले भने विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेको छ ।
जनता समाजवादी पार्टीसहितका मधेशकेन्द्रित दलले भने राष्ट्रपतिले विधेयक फिर्ता गर्दा संविधानअनुसार नागरिकताबाट बञ्चित नगर्ने प्रावधान कार्यान्वयन हुन नसक्ने टिप्पणी गरेका छन् ।
सरकारमै रहेको दल नेकपा माओवादी केन्द्रले भने विधेयक फिर्ता गर्ने निर्णयको चर्को आलोचना गरेको छैन । यसअघि अध्यक्ष प्रचण्डले विधेयक फिर्ता गरे राम्रो नहुने चेतावनी दिएका थिए ।




