राजनीति

‘संसद् जीवित रहनु संविधान अनुसार’: महासचिव शङ्कर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले  संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखे । उनले  अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए  । पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा  व्यक्त  गरे । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *