काठमाडौं । नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा एक्लै चुनाव लड्ने अवस्था आउने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
गठबन्धनमा कांग्रेसले सम्मानपूर्वक सिट नदिए एक्लै पनि चुनाव लड्ने अवस्था आउने भन्दै उनले त्यसैअनुसारको तयारी गर्न कार्यकर्तालाई निदैशन दिएका हुन् । उनले चित्तबुझ्दो सिट बाँडफाँट भए गठबन्धनबाटै चुनाव लड्ने बताएका हुन् ।
गठबन्धनबाट चुनाव लड्दा कसलाई कति सिट भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।




