रिबन

आज मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति तोक्ने सम्भावना कति?

काठमाडौं।आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

सोमबारको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको बताइएको छ। निर्वाचन आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ।

आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। आगामी मंसिर २ गते गर्ने आयोगले निर्वाचन मिति प्रस्ताव गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *