काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज दिँउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
प्रवक्ता कृष्णबहादुर महराकाअनुसार आजको बैठकमा मुख्यरुपमा स्थायी कमिटी र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुनेछ ।
बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि नभएकोले उनैलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने पार्टीले तयारी गरेको छ ।




