रिबन

एमाले वामपन्थी एकता प्रस्तावको प्रतिक्षामा छैन : पोखरेल

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन पूर्णरूपले असफल भएको बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले आज (आइतबार) विहान पत्रकार सम्मेलनमा स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको दाबी गरे ।

पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको बताएका छन् । उनले एमालेका लागि गठबन्धन प्रधान विषय नभएको बताए । उनले भने, ‘हामी त्यो प्रस्तावको प्रतीक्षामा नै छैनौं । अहिले हामी हाम्रो पार्टीलाई जनताको बीचमा लैजाने अभियानमा छौं ।’

नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलले आरोप लगाए । ‘विकास निर्माणका कामहरु ठप्प छन । लकडाउनको समयमा भन्दा पनि कम विकास खर्च कम भएको छ । मुलुकको परराष्ट्र नीति पूर्णतः असफल भएको छ’, महासचिव पोखरेलले भने ।

सरकारले उत्पादन मुलुक उद्योगहरुलाई धरापमा पारेर आयातलाई बढावा दिएको पनि पोखरेलले आरोप लगाए । राष्ट्र निर्माणमा गठबन्धन भन्दा पनि बलियो संगठन आवश्यक रहेको र त्यो एमालेसँग मात्र रहेको महासचिव पोखरेलको जिकिर थियो । नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । दुई देशबीचको असमान प्रबन्ध राख्नु गलत भएको भन्दै उनले साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको पनि खुलासा गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *