काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पाैडेलले भारतमा चुनाव हारेर नेपालकाे सांसद हुने गरी नागरिकता बाँड्न नहुने बताएकी छन् ।
शुक्रवारकाे प्रतिनिधिसभा बैठकमा पौडेलले वास्तविक नेपालीले नागरिकता पाउनुपर्नेमा दुईमत नहुने भन्दै यस विषयमा सरकार संवेदनशील भने हुनुपर्ने बताइन् । उनले भनिन्, ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन । तर इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी त्यस्तरी नागरिकता वितरण गर्न भएन ।’
उनले नेपालीसँग बिहे गर्ने विदेशी महिलाको महिलाको हकमा सात वर्षको प्रावधान राखिनैपर्ने जिकिर गरिन् । उनले भनिन्, ‘अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति पर्छ । ‘अंगीकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र मानिँदैन ।’
आजको बैठकबाट नागरिकता विधेयक पारित गर्ने कार्यक्रम छ ।




