ताजा समाचार

नेपाल श्रीलङ्का पथमा जाँदैन : प्रवक्ता कार्की

हेटौँडा । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलङ्का पथमा नजाने बताएका छन् ।

हेटौँडामा आज (शुक्रबार) देखि सुरु नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको भन्दै भ्रम चिर्न पत्रकारहरू लाग्नुपर्ने बताए ।

सरकार प्रेस स्वतन्त्रता पक्षमा सधैँ प्रतिबद्ध रहेको उनको भनाइ थियो । ‘पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार छ’, मन्त्री कार्कीले आश्वस्त पारे ।

नेपाल आगामी १० वर्षभित्र एसियाकै सबल अर्थतन्त्र भएको मुलुक हुने उनले दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *