रिबन

विश्वप्रकाशको टिप्पणी- प्रधानमन्त्री देउवालाई यस्तो सल्लाह कसले दिन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धि विधेयक अबिलम्ब फिर्ता गर्न आग्रह गरेका छन् ।

सरकारले ल्याएको संबैधानिक परिषदसम्बन्धि विधेयक प्रति सामाजिक सञ्जालमा विरोध गर्दै प्रधानमन्त्रीलाई यस्तो सल्लाह कसले दिन्छ भन्दै प्रश्न गरेका छन् ।

विश्वप्रकाशले ओलीको पालामा जो गलत थियो त्यो देउवाको पालामा पनि गलत नै भएको स्पष्ट गरेका छन् ।

उनले भनेका छन्-

ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी !

संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दु:खद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *