रिबन

किन पुगिन् प्रधानमन्त्री पत्नी आरजु राणा नयाँदिल्ली ?

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा आइतबार नयाँदिल्ली पुगेकी छन्।

नेपाल एयरलाइन्सको विमानबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु आइतबार दिउँसो भारत गएकी हुन्।

स्वास्थ्य उपचारका लागि उनी त्यसतर्फ गएको बालुवाटार स्रोतले बताएको छ।

आरजुको दिल्ली बसाइबारे दिल्लीस्थित नेपाली दूतावास जानकार रहे पनि उनका राजनीति भेटवार्ताबारे अनभिज्ञ छ।

आरजु पछिल्लो पटक गत जेठ २८ गते नयाँ दिल्ली पुगेकी थिइन्। नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उनले स्वास्थ्य उपचार गराएपछि त्यसबेला उनले केही भाजपा नेतासंग भेटेकी थिइन्।

आरजुले आफू निजी भ्रमणमा दिल्ली गएको बताए पनि नेपालमा कतिपयले उनको भ्रमणलाई प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे भारतसँग जोडेर हेरेका थिए।

त्यसअघि गत पुसमा पनि उनी भारत भ्रमणमा गएकी थिइन्। भाइको उपचारका लागि दिल्ली गएको भनिए पनि उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटेकी थिइन्।

प्रधानमन्त्री देउवाको पुस अन्तिम साताका लागि हुने भनिएको भारत भ्रमणअघि उनले भाजपा नेतासँग भेट्नुलाई भ्रमण तयारीकै पाटोका रुपमा लिइएको थियो।

उनले भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेलाई नेपाल बोलाएर रक्षाबन्धन बाँधेको प्रसंग निकै चर्चामा आएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *