रिबन

शर्मा निर्दोष ठहरिए फेरि अर्थमन्त्री

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा निर्दोष प्रमाणित भए उनी नै अर्थमन्त्री बन्ने जनाएको छ ।

माओवादी केन्द्रले शर्मामाथि छानबिन गर्नको लागि समिति बनिसकेको र समितिले निर्दोष प्रमाणित गरे उनी नै अर्थमन्त्री बन्ने जनाएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार शर्मामाथि हुने छानबिनको अन्तिम टुंगो नलाग्दासम्म पार्टीले अर्को अर्थमन्त्री पठाउने छैन । ती नेताले भने, ‘कुनै आरोप लाग्दैमा अर्थमन्त्रीबाट शर्माले राजीनामा दिएका हुन्, उनी दोषी ठहर भएका त छैनन् ।’ उनले दोषी प्रमाणित नभए अर्थमन्त्रीमा शर्मा फेरि आउन सक्ने बताए । कुनै आरोप लाग्दैमा शर्माले राजीनामा गरेर नैतिकता प्रदर्शन गरेको प्रति सबैबाट सद्भाव मिलेको बताए ।

संसद् भवनमा पत्रकारसँग माओवादी केन्द्रका नेता वर्षमान पुनले शर्मा निर्दोष प्रमाणित भए फेरि अर्थमन्त्री बन्ने बताएका थिए । आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि छानबिन समिति बनेको हो ।

छानबिन समिति बनेसँगै उनले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । शर्मामाथि छानबिन गर्न संसद्ले ११ सदस्यीय विशेष समिति बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *