काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले अनुमोदन गरेको छ ।
सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय केन्द्रीय कमिटिले अनुमोदन गरेको हो ।
त्यस्तै महासचिव डा. वेदुराम भुसालले पेश गरेको प्रतिवेदन समेत परिमार्जनसहित पारित भएको छ । प्रतिवेदनमाथि यही १३ गते बस्ने केन्द्रीय परिषद् बैठकमा छलफल हुनेछ ।




