रिबन

बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री देउवा जेठ २८ गते अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा भ्रमणमा जान लागेका हुन् ।

अहिलेसम्म औपचारिक निणर्य भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ । दुवै तर्फबाट भ्रमणका एजेण्डाका विषयमा काम भइरहेको छ । बालुवाटार स्रोतले प्रधानमन्त्रीको भ्रमण तयारीबारे पुष्टि गर्दै मिति भने निश्चित नभइसकेको बतायो । परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेण्डाका विषयमा तयारी भइरहेको छ ।

प्रधानमन्त्रीकै रूपमा देउवाले ०५९ वैशाख २३-२८ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट उच्चस्तरको अमेरिका भ्रमण भएको छैन । अहिले नेपाल-अमेरिकामैत्री सम्बन्धको ७५औं वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हु्न् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *