रिबन

वीरेन्द्रको सालिक विवादले नेपालगन्ज तनावग्रस्त

बाँके। नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजाको सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादी व्यक्रिबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाईफायर समेत गरेको थियो ।

नेपालगन्जको धम्बोझी चोकमा राखियो आज बिहीबार स्वा. राजा विरेन्द्रको शालिक राखिएको थियो ।

पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले करिब ४ राउन्ड हवाइ फायर चलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *