रिबन

राजनीतिमा नयाँ खेल प्रारम्भ : प्रचण्ड के चाहन्छन ?

काठमाण्डौं । नेपाली कांग्रेससंग मिलेर सय भन्दा वढी स्थानीय तहको प्रमुख जितेको नेकपा माओवादी केन्द्र अब स्वयम नेपाली कांग्रेससंग नै वार्गेनिङ्ग गर्न थालेको छ ।
वुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाइ दम्भ नदेखाउन चेतावनी दिए । कांग्रेसकै वैशाखीमा चुनाव जितेका माओवादीले यसरी अचानक दम्भ किन देखाए ?
स्थानीय तहको चुनावमा अपेक्षित हार नेकपा एमालेको भएको छ । चुनावी हारले तिलमिलाएको एमाले यतिवेला वाम दल मिलाउने चाजोपाजो मिलाउन थालेको छ । एमालेको विश्वस्त स्रोतका अनुसार,एमाले अध्यक्ष केपी ओली यतिवेला माओवादी,एकिकृत समाजवादी र कांग्रेससंग वाक्लो सम्पर्कमा छन । एमालेको आन्तरिक मुल्यांकन अनुसार,माधव नेपालको दल कम्तीमा पनि एमाले हराउन काफी रहेछ भन्ने निष्कर्ष निकालिएको छ । यहि निष्कर्षको आधारमा संघिय चुनाव अघि माधव नेपालसंग एकताको तयारी एमालेले गरेको छ । र,संगसंगै माओवादी केन्द्रसंग पनि एमालेले सम्वाद थालेको छ । स्रोतका अनुसार,माओवादीलाइ ४५ प्रतिशत टिकट दिने एमालेको प्रस्ताव छ । र,स्थानीय तहको चुनावमा राम्रो मत ल्याएर तेस्रो दल भएको माओवादी भने यतिमा चित्त वुझाइरहेको छैन । विस २०७४ सालमा भएको चुनावमा यसैगरि भागवण्डा गरेर पछि पार्टी एकता गरेको माओवादी यसपटक भागवण्डा त गर्ने तर चुनावपछिको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ वनाउनुपर्ने सर्त राख्न थालेको छ । यसअघि ओली र प्रचण्डविच आधा आधा कार्यकाल वाडफाड गर्ने गरि सहमति भएपछि एकता भएको थियो । एमालेको प्रस्तावले पुलकित भएका दाहाल यतिवेला कांग्रेससंग वार्गेनिङ्ग गर्न थालेका छन । उनले कांग्रेससंग सकभर ४० प्रतिशत भाग खोज्ने तयारी थालेका छन । तर,कांग्रेस भने ३० प्रतिशत सिट मात्र माओवादीलाइ दिने तयारीमा छ । यहि भागवण्डा र चुनावपछिको सरकारको लागि अहिले देखि नै वार्गेनिङ्ग प्रारम्भ भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *