राजनीति

बजेटको भण्डाफोर गर्न एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकमा ओलीले बजेट अनुचित, सिद्धान्तहिन र प्राथमिकताविनाको आएको भन्दै भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिए ।

अध्यक्ष ओलीको निर्देशनबारे जानकारी दिदै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने,‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहिन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।’

बैठकले सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने किसिमले आएको निष्कर्ष समेत निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *