रिबन

चुनावको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडाैं । स्थानीय तहकाे चुनावकाे चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज साेमबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्ने भएकाे छ ।

दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ ।

आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *